search

spot_img
spot_img

बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ भदौ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशद्वारा महागढीमाई नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख प्रीति देवको सभापतित्वमा तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, अगुवा कृषकहरु, पत्रकार , बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागिहरुले एक भन्दा बढी बीमा कम्पनीमा एउटै सम्पत्तीको बीमा गर्न मिल्छ कि मिल्दैन ? मिल्छ भने दाबीका बेला सबै कम्पनीले दाबी दिन्छ कि दिदैन ? धान मकैको बीमा कसले गरिदिन्छ ? धान मकैको बीमा कहाँ गर्ने ? कृषी बीमामा प्राविधिकको सिफारिस गर्न के के कागजात हेर्नुपर्ने हुन्छ ? कालिज तथा अष्ट्रचको बीमा गर्न मिल्छ कि मिल्दैन ? कृषी बीमामा अधिक विषादी प्रयोग गर्दा दाबी लाग्छ कि लाग्दैन ? जस्ता प्रश्नहरु सोधिकएका थिए ।
कार्यक्रममा उक्त नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत श्री विजय प्रसाद कुसवाहाले बीमा विषयलाई नगरपालिकाको आगामी बजेटमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।महागढीमाई नगरपालिकाका नगर प्रमुख श्री उपेनद्र प्रसाद यादवज्यूले उक्त नगरपालिकामा पशु बीमाको आवश्यकता रहेको, साथै छोराछोरीको विवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यका लागि बीमा गर्न सबैलाई अनुरोध गर्नुभएका थिए।
कार्यक्रममा बीमा सम्बन्धी प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री प्रीति देवले प्रस्तुत गर्नु भएको थियो साथै कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै आउदै गरेको २०८१ सालको महागढीमार्इ मेलामा हुन सक्ने दुर्घटना तथा क्षतिको जोखिम न्यूनीकरणको माध्यमको रूपमा बीमाको सहायता लिनुहुन आग्रह गर्दै, बीमा सम्बन्धी छलफल गर्नुपर्ने भएमा वा कुनै कार्यक्रम गर्नु परेमा नेपाल बीमा प्राधिकरण आवश्यक समन्वयका लागि सदैव तैयार रहेको बताउनुभयो।
कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले संचालन गर्नु भएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

नयाँदिल्ली, २२ असोज भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५...

सम्बन्धित खबर

- Advertisement -neelambads