search

spot_img
spot_img

बाघको आक्रमणबाट जीराभवानीमा एकजना घाइते

पढ्न छुटाउनुभयो ?

सेढवा २४ भदौ । बाघको आक्रमणबाट आज पर्साको जिराभवानी गाउपालिकाका एक जना यवक फेरी घाइते भएका छन्।
घाइते हुनेमा जिराभवानी गाउँपालिका वडा नं ५ हरैया निवासी २५ बर्षीय दशरथ माझी मुसहर रहेका छन्। मुसहर डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वनमा दाउरा लिन गएको बेला दिउँसो करिब १:०० बजे बाघले आक्रमण गर्दा घाइते भएको स्थानीयले जनाएका छन।
सात जनाको समूहमा गएका मुसहर दाउरा खोज्ने क्रममा तीन जना छुटेको र सोही क्रममा बाघले आक्रमण गरेको सँगै रहेका प्रत्यक्षदर्शीले बताए।
आक्रमणपछि अन्य साथीहरुले दाउरा, खुर्पा लिएर बाघमाथि जाइ लाग्दा बाघ भागेको बताए। बाघको आक्रमणबाट मुस्हरको शरीरको कम्मर मुनीको पछाडीको भाग र दाहिने जाँघमा घाउ भएको छ ।
बाघको आक्रमणबाट घाइते मुसहरलाई शंकरसरैया स्वास्थ्य चौकीमा उपचार गरी पठाइएको स्थानीयले जनाएका छन्। 11 hours ago|
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads