search

spot_img
spot_img

घाइते कबड्डी खेलाडी सागरप्रति कबड्डी संघ, स्थानीय र मधेस सरकार उदासिन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादव प्रदेश स्तरीय खेल खेल्ने क्रममा घाइते भई १५ दिनदेखि काठमाडौंको ट्रमा सेन्टर हस्पिटलमा उपचार गराइरहेका छन् । उनको उपचारमा लाखौं खर्च भइसक्दा पनि सम्बन्धित निकायले कुनै चासो, सोधखोजसमेत गरेको छैन । खेल खेल्ने क्रममा घाइते भएका खेलाडी यादवको दायाँ खुट्टा भाचिएको र विभिन्न शरीरमा चोटपटक लागेको उनका दाजु जयशंकर यादवले बताए।
नेपाल राष्ट्रिय कबडडी संघ तथा मधेस प्रदेश कबड्डी संघले कुनै किसिमको सहयोग नगरेको सागरका दाजु यादवले जानकारी गराए ।
हालसम्म राष्ट्रिय खेलाडी सागर यादवको उपचारमा पाँच लाखसम्म खर्च भइसकेको भए तापनि सरकार तथा राष्ट्रिय कबड्डी टीम, मधेस प्रदेश सरकार तथा वीरगंज महानगरपालिकाले कुनै चासो नदेखाएको खेलाडी सागरले जानकारी गराएका छन्।
खेलाडी सागर हालै बंगलादेशमा सम्पन्न बंगबन्धु कबडडी प्रतियोगितामा नेपाललाई दोस्रो स्थानमा पुर्याउन खेलेका थिए । उनले देश विदेशमा थुप्रै प्रतियोगितामा मेडल, शिल्ड जितेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जगदम्बा स्टील्सको भट्टी पड्किदा एकजना घाइते, स्थानीयमा त्रास

वीरगंज, १९ असार । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधवार राति फलाम पगाल्ने भट्टी पड्किंदा एकजना घाइते भएका...

सम्बन्धित खबर

- Advertisement -neelambads