search

spot_img
spot_img

पोखरियामा तीन तहका सरकारविरूद्ध राष्ट्रिय मुक्ति क्रान्तिद्वारा अनिश्चितकाल धर्ना

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ असोज । राष्ट्रीय मुक्ति क्रान्ति, नेपालले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक पटक ध्यानाकर्षण गराउदा पनि मांग पुरा नभएपछि बाध्य भई तीनै तहका सरकारविरूद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रीय मुक्ति क्रान्ति, नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीको नेतृत्वमा रहेको नेता, कार्यकर्ताहरुले आजदेखि पोखरिया अस्पतालमा धर्ना कार्यक्रम शुरु गरेको छ ।
प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउनको लागि संघीय सरकार विरूद्ध आन्दोलनको गरिएको नेता शमानीले बताए । उनले पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थिंग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउनको लागि मधेश प्रदेश सरकार बिरूद्ध आन्दोलन गरेको बताए । पोखरिया न.पा. विरूद्ध पनि आन्दोलन घोषणा किन गरिएको प्रश्नप्रति नेता शमानीका अनुसार जनता माथी अनावश्यक कर लगाई सेवा विस्तार नगरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको, काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब न दिएको, निर्माण कार्य गराउने तर भुक्तानी न दिने, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा रकम बिनयोजन न गरी माटो ग्रेभल मरम्मतको काम अग्रिम बजेट बाट गर्न लगाएको जनाएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो ।...

सम्बन्धित खबर

- Advertisement -neelambads