search

spot_img
spot_img

दुई स्थानमा आयोजित कार्यक्रममा ११८ जनाद्वारा रक्तदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक । वीरगंजको दुर्ई छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा २ महिला सहित ११८ जनाले रक्तदान गरेका छन् ।
वीरगंज गण्डक चौकमा न्यु राव ईन्टरप्राइजेजद्वारा चौथो खुल्ला रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि डा. ए.इ. अन्सारी एवम न्यु राव ईन्टरप्राइजेज राम सिंह पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा १ महिला सहित ८४ जना रक्तदाताहरूले अमुल्य रक्तदान गरेका थिए ।रक्त दान गर्नु हुनेमा राम सिंह पटेल, दिपक साह कानु, चन्दन पासवान, रमेश कुमार केसि, राजु साह कानु, अजय साह, सन्दीप कुमार कुर्मी, धिरज कुमार सिंह, रबिन्द्र साह कानु, राम राजा यादव, हरि कृष्ण पटेल, राम बाबू पटेल, लाल बाबू साह कानु, कृपा कुमार कुर्मी लगाएकाले रक्त दान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं वीरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, लिलाधर साह, नमित चौरसियालगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी परवानीपुरको चोर्नी स्थित दृस्टी युवा क्लबद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दृस्टी युवा क्लबको पहिलो बार्सिक उत्सवको अवसरमा सो रक्तदान कार्यक्रम गरेको हो दृस्टी युवा क्लबको अध्यक्ष विशाल पासवानले बताएका थिए । सो रक्त दान कार्यक्रमको प्रमुख अतिथि वीरगंजका युवा नेता सुधिर पटेलले आफ्नो रगत दिई शुरू गरेका थिए ।
कार्यक्रममा १ महिला सहित ३३ जना रक्तदाताहरूले आफ्नो अमुल्य रक्तदान गरेका थिए रक्तदान गर्नु हुनेमा सुधिर पटेल, बलिराम राम, राम नरेश महतो, राजु मन्डल, कृष्ण कुमार पटेल, प्रधुमन मन्डल, राम दरस पण्डित, प्रदीप मन्डल, सन्तोष राम, मुन्ना हजरा, श्रीकान्त पटेल लगाएकाहरूले आफ्नो अमुल्य रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं वीरगंज रक्त संचार केन्द्रका मनिश कुमार गुप्ता, नितेश यादव, प्रसान्त कुमार, मन्दिप पटेल, वीरगंजका समाजसेबि राजेन्द्र भट्टराईलगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

इन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

बारा, २३ असार । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजबाट इन्धनको अवैध कारोबार भइरहेको स्थानबाट एक जनालाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads