search

spot_img
spot_img

कानको जाली फुटेका छात्रको उपचारमा लापरवाही भएको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ कात्तिक/ गत असोज २ गते गौतम माध्यमिककी शिक्षिका निधि गुप्ताको कुटाइबाट घाइते भएका वीरगंज–१५ लक्ष्मणवाका रामबाबू राउतका छोरा आर्जन राउतको उपचारमा लापरवाही भएको परिवारजनले आरोप लगाएको छ ।
कक्ष्Fा ६ मा अध्ययनरत आर्जनका बुबा रामबाबू राउत कुर्मीका अनुसार विद्यालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयसँग गरेको पूर्वसहमति अनुसार विद्यार्थीको सम्पूर्ण उपचार गराउने सहमति गरे पनि घटनालाई बङ्ग्याउन मेडिकल हिस्ट्रीमा असोज दुई गतेको घटनालाई चार गते भएको भन्दै काठमाडौंको मेडिसिटीको चिकित्सकबाट जाँच पूर्जीमा लेख्न लगाएकोले विद्यालय व्यवस्थापनमाथि शङ्का उत्पन्न भएको उनले बताए ।
त्यसैगरी, बच्चाको उपचारमा फलोअप लगायत अन्य प्रक्रिया पूरा गर्न पनि विद्यालय प्रशासन उदासिन देखिएको उनको आरोप छ । अङ्ग्रेजी विषय पढाइरहेको अवस्थामा आर्जनले कापी च्यातेको विषयलाई लिएर शिक्षिका निधिले आर्जनलाई थप्पड हिर्काउँदा आर्जनको बायाँ कानको जाली फुटेको थियो । जसले गर्दा आर्जनले श्रवणशक्तिमा ह्रास आएको छ भने कान दुख्ने समस्या उत्पन्न भएको छ । साथै आवाज पनि पहिलेभन्दा मधुरो भएको उनका बुबाले बताए । वीरगंजको नेशनल मेडिकल कलेज र अन्य अस्पतालमा उपचार गराइसकेपछि काठमाडौंको मेडिसिटी र ग्राण्डी अस्पतालमा समेत उनको उपचार भइसकेको छ ।
असोज ४ गते शुक्रवार दिन परेको र सो दिन विद्यालय बन्द भएकोले कानूनी रूपमा उम्किन विद्यालयले अस्पतालसँग मिलेर असोज २ गतेको घटनालाई ४ गते लेख्न लगाएको परिवारजनको आरोप छ ।
यस विषयमा अस्पतालका सहायक प्रधानाध्यापक रमेश शर्माले विद्यालयले गरेको सहमति अनुसार विद्यार्थीहरूको उपचार गराइरहेको बताए । उनको उपचारमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
कानको जाली फुटिसकेपछि रोग निको हुन समय लाग्ने भएकोले परिवारजनलाई धैर्य गर्न आग्रह गरे । साथै जाँच पूर्जीमा मिति उल्लेख नभएको त्रुटि सच्याई असोज २ गते लेख्न सम्बन्धित अस्पताललाई पत्राचार गर्ने र कुनै किसिमको असन्तुष्टि हुन नदिने उनले बताए ।
यसैगरी, विद्यार्थी कुट्ने शिक्षिकालाई कामबाट निकालेको र अन्य शिक्षकलाई पनि बाल अधिकारको मनन गर्दै कक्ष्Fा कोठामा मानसिक, शारीरिक यातना नगर्न–नगराउन निर्देशनसमेत दिएको उनले बताए । शिक्षिका गुप्ताको गलतीप्रति विद्यालय परिवारले क्षमायाचना गरेको उनले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads