search

spot_img
spot_img

वीरगंजमा पोलियोविरुद्ध जनचेतना अभियानको शुरूवात

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ कात्तिक । वीरगंजमा पोलियोविरुद्ध जनचेतना अभियानको शुरु गरिएको छ । नेपालमा पोलियो उन्मूलन भए तापनि यसको जोखिम अझै पनि कायमै रहेको चिकित्सकहरूले चेतावनी दिएका छन। वीरगंजमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा पोलियो भाइरस विरूद्ध व्यापक जनचेतना आवश्यक रहेको भन्दै चिकित्सकहरूले जनतालाई शर्तक रहन आग्रह गरेका हुन।
रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ मेट्रोपोलिसले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डा. निरज सिंहले पोलियो उन्मूलन भइसकेको भए पनि ढुक्क हुनुपर्ने अवस्था नरहेको बताए। उनले पोलियो भाइरसको जोखिम विश्वव्यापी रहेको र जनचेतनाको अभावले पुनः संक्रमणको सम्भावना उच्च रहेको उल्लेख गरे।
डा. आनन्द झाले समेत पोलियो भाइरस संसारको कुनै पनि कुनामा फेला परेमा त्यसको असर नेपालमा पनि पर्ने खतरा रहेको औंल्याए। मानव आवतजावतको कारणले पनि नेपालमा पोलियो भाइरसको जोखिम छ, डा. झाले भने।
कार्यक्रममा पोलियो उन्मूलनका लागि सञ्चार माध्यमको भूमिका महŒवपूर्ण हुने बताउँदै सामुदायिक रेडियोहरूले निश्शुल्क प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाएका छन। सामुदायिक रेडियो नारायणी एफएमका स्टेशन मेनेजर निरज पिठाकोटेले पोलियो उन्मूलन अभियानलाई सघाउने उद्देश्यले निश्शुल्क प्रचार सामग्री प्रसारण गरिने घोषणा गरे। त्यस्तै, रेडियो पोखरियाका प्रवन्ध निर्देशक शम्भुकुमार सुमनले ग्रामीण क्षेत्रमा जनचेतनाका लागि विशेष प्रचारप्रसार गरिने प्रतिवद्धता व्यक्त गरे।
रोटरी क्लबका अध्यक्ष अनिल जयसवालले क्लबले आगामी अक्टोबर २४ मा पोलियो विरूद्ध जनचेतना जगाउँन विभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी दिए। यसमा नारायणी अस्पतालदेखि घण्टाघरसम्म दौड प्रतियोगिता, मानव साङलो निर्माण र दीप प्रज्वलनजस्ता कार्यक्रम समावेश छन।
विशेषगरी नेपाल सरकारले पोलियो उन्मूलनमा गरिरहेको प्रयासलाई अझ प्रभावकारी बनाउन र जनचेतना फैलाउन रोटरी क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्दै आएको अध्यक्ष अभिषेक चौधरीले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । ...

सम्बन्धित खबर

- Advertisement -neelambads