उच्च रक्तचापका रोगीहरूका लागि पर्सामा कार्यक्रम

1200x150_1200x150-01.jpg (1)
वीरगंज, ७ कात्तिक । सरुवा रोग (इपिडिमियोलोजी) तथा नियन्त्रण महाशाखा काठमाडौंको आयोजनामा उच्च रक्तचाप हेरचाह क्यासकेड पहल कार्यक्रम पर्सामा विस्तार भएको छ ।
यो कार्यक्रम पर्सामा विस्तार भएको जानकारी गराउँदै सरोकारवालाबाट प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । वीरगंजमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले विश्व स्वास्थ्य सङ्गठनको नीति अनुसार विभिन्न देशले नसर्ने रोगलाई नियन्त्रण गर्ने नीति लिएर काम गर्नुपर्ने भएकोले नेपालमा यो कार्यक्रम लागू भएको बताए । उनले नेपालमा यस अघि इलाम, धुलिखेल, काभ्रेमा यो कार्यक्रम लागू भइसकेको जानकारी गराउँदै मधेस प्रदेशको पर्सा जिल्लामा पनि यो कार्यक्रम लागू भएको बताए । उनले यस कार्यक्रममा पर्साका सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, अन्य सङ्घसंस्थाहरूको साथ सहयोग हुनुपर्ने बताए ।
उच्च रक्तचापका आधारभूत कुराहरू अधिकांशलाई थाहा नभएर अनाहकमा बर्सेनि सयौंको ज्यान गइरहेकाले यस्तो विषयमा टोल, गाउँ, जिल्ला, तहमा समेत जनचेतना जगाउनु र प्रशिक्षण दिनु आवश्यक रहेकोले सोही अनुसार सम्बन्धित पालिकाले तयारी गरी अगाडि बढ्नुपर्ने उनले सुझाव दिए । उच्च रक्तचापका रोगीहरूको तथ्याङ्क सङ्कलन, फिल्टर एवं उपचारलगायतका काम गर्नको लागि हरेक पालिकाका स्वास्थ्य शाखामा उच्च रक्तचाप हेरचाह क्यासकेड पहल गर्ने समिति गठन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले उच्च रक्तचाप रोगी एवं रोग नियन्त्रणका उपाय र पर्सामा थालिएको तयारीबारेमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति, पर्साका सभापति अजय सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा राजीवकुमार झा, डब्ल्युएचओ नेपालका प्रतिनिधि डा ग्याम्पो दोर्जे, पोखरिया नपाका प्रमुख प्रद्युम्न चौहान, वीरगंज महानगरका निमित्त प्रमुख प्रशाासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सागढी नपाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नपाकी उपप्रमुख सुषमा कुशवाहा, सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादव, धोबिनी गापाका अध्यक्ष मदन चौहान, ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठलगायत, सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः