search

spot_img
spot_img

लोकनृत्य प्रतिस्पर्धामा यी विद्यालयले मारे बाजी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक । प्याब्सनद्वारा आयोजित अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन पर्सा एवं वीरगंज महानगर कमिटीको आयोजनामा प्याब्सन आबद्ध अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सिंहले लोप हुँदै गइरहेका लोकसंस्कृतिको जगेर्नाको लागि निजी विद्यालयहरूको यस्तो प्रयासको प्रशंसा गरे । उनले आगामी दिनमा पनि निजी विद्यालयहरूको भूमिका अहम् हुनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा वीरगंजको साउथजोन मावि प्रथम, लिटिल प्mलावर स्कूल परवानीपुर द्वितीय, मनकामना मावि तृतीय, मूनलाइट मावि चौथो र जीवनज्योति एवं गौतम मावि पाँचौं स्थानमा रहेका थिए ।
प्रतियोगितामा तराई, पहाड, हिमालमा विभिन्न वर्ग समुदायले चाडपर्वको बेला नाच्ने, गाउने लोक गीतसङ्गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा हिमाली समुदायको लोकनाथ, थारू समुदायको लठी, सखिया नाच, सन्थाल समुदायको नाच, राई जातिको साकेला, झिझिया, गुरुङ समुदायको घाटुझोला, देउसी, भैलो, मारुनीलगायत नृत्य प्रदर्शन गरिएको थियो ।
प्याब्सनसँग आबद्ध २३ वटा विद्यालय सहभागी प्रतियोगितामा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान एवं नगर अध्यक्ष आलोक चौरसियाको सभापतित्व रहेको थियो भने वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, वीरगंज महानगरपालिका शिक्ष्Fा समिति सदस्य ईश्वरचन्द्र यादवलगायत सहभागी थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads