search

spot_img
spot_img

खेल र खेलाडीको विकासमा प्रदेश सरकार प्रतिबद्ध –मुख्यमन्त्री सिंह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बुधवार वीरगंजस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले वीरगंजकै क्रिकेट मैदानमा खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने खेलाडी उत्पादन भएको भन्दै यस मैदानको संरक्षण अपरिहार्य रहेको बताए । उनले नारायणी क्रिकेट मैदान मधेस प्रदेशको लागि ऐतिहासिक खेल मैदान भएको र यसको स्तरोन्नतिका लागि सङ्घ सरकारका खेलकूदमन्त्री लगायत सरोकारवालासँग समन्वय र छलफल गरिरहेको जानकारी पनि गराए ।
उनले मधेस प्रदेश सरकारले नारायणी क्रिकेट मैदानको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको बताए । नारायणी क्रिकेट मैदानको वर्षाैंदेखि अल्झिएको मुआवजा विवादलाई उनले आफ्नै पालामा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले खेलाडीहरूमा राज्यको न्यून लगानी मात्र रहेको र अधिकांश खेलाडी आफ्नै बलबुतामा खेलिरहेको बताए । उनले सङ्घ सरकारले खेलमा खासै अभिरुचि नदेखाएको आरोप लगाउँदै मधेस सरकारले भने खेल र खेलाडीलाई प्रोत्साहित गर्दै आएको दाबी गरे ।
उनले प्रदेश सरकारले उपलब्ध स्रोत साधनका आधारमा खेल क्षेत्रमा काम गर्ने बताए । क्रिकेट मैदानका लागि अहिले थोरै बजेट रहेको र सो पर्याप्त नभएको स्वीकार गर्दै मुख्यमन्त्री सिंहले आगामी आर्थिक वर्षमा बजेट थपेर व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
नेपाल क्रिकेट सङ्घ, पर्साका अध्यक्ष मनीष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराएका थिए । भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष सिंहले मुआवजा विवादलाई टुङ्गो लगाउनका लागि पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । उनले क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भएको जानकारी गराउँदै आगामी बजेटमा सोही अनुसारको बजेट व्यवस्थापन गरेको खण्डमा मैदानको बाँकी काम गर्न सहज हुने बताए ।
कार्यक्रममा राष्ट्रिय छनोटकर्ता मुर्तुजा हवारी, क्रिकेट सङ्घ पर्साका सचिव घनश्यामबाबू गुप्ता, क्यानका पूर्व केन्द्रीय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, पर्साका प्रमुख छनोटकर्ता राजीव श्रेष्ठ, विक्रम बस्नेत, रजत पाण्डे, सुवास यादव, फारूख आलम, नाजीर शेखलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads