search

spot_img
spot_img

एसिया कपका लागि क्रिकेटर रन्जित चयन

पढ्न छुटाउनुभयो ?

वीरगंज,९ मंसिर । युएईमा यहि मंसिर १४ गतेदेखि शुरू हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको छ । जसमा वीरगंज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमार पनि पर्न सफल भएका हुन् ।
वीरगंज नेशनल इनफोटेक (एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार नेपालको ए टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका छन् ।
सामान्य परिवारका रन्जित कुमारलाई एनआई कलेजले पूर्ण छात्रवृतिमा अध्ययन गराइरहेको छ । पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माबाट प्रशिक्षित रन्जित कुमार वीरगंजको प्रतिनिधित्व गर्दै मधेस प्रदेशको टिमबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।
मंसिर १४ गतेदेखि युएईमा आयोजना हुन गइरहेको यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । उक्त समुहमा श्रीलंका, बंगलादेश र अफगानीस्तानपनि छन् । नेपालले आफनो पहिलो खेल मंसिर १४ मा श्रीलंकासंग खेल्नेछ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads