search

spot_img
spot_img

डकैती र लूटपाट गर्ने हतियारधारी समूह सार्वजनिक

पढ्न छुटाउनुभयो ?

जनकपुर,१४ मंसिर । महोत्तरीमा संगठित रूपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रूपमा डकैती तथा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।
प्रहरीले एक महिलासहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो । फरक फरक स्थानमा एउटै समूहले लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
भारत बिहार सितामाढी शिवनगर फुलहटा घर भई महोत्तरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ । उनीहरू श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोत्तरी गौशाला–९ बिशहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए । पक्राउ परेका आरोपितहरूसँगै लुटपाट गर्ने ४ जना भारतमा पक्राउ परेको जैसवारले बताए ।
लुटेरा समूहले महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका थिए । लुटपाटमा संलग्न ६ जनलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजनाना, चोरीरडाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।
प्रहरीले लुटेराहरूबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानहरू समेत बरामद गरेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads