search

गढीमाई मेलामा खेल तमाशाको उदघाटन, खेल तमाशाले मेलामा रौनक थप्ने– श्रेष्ठ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । महागढीमाई नगरपालिकामा मंसिर १ गतेदेखि लागिरहेको ऐतिहासिक पञ्चवर्षीय गढीमाई मेलाको आज उदघाटन गरिएको छ।
एकीकृत समाजवादी पार्टीका नेता माननीय किसान श्रेष्ठले आज खेल तमाशाको डिजिटल प्रवेशपत्र लगाएर उदघाटन गरेका थिए । गढीमाई मेलामा खेल तमाशा रौनक रहेको र यसले मेलामा झनै दर्शनार्थीहरुलाई आकर्षित गर्ने बताए । उनले मेलाको सांस्कृतिक कार्यक्रम खेल तमाशाहरु उदघाटन भएपछि मेला झनै रमाइलो हुने बताए । डिजिटल कार्डबाट मेलाको उदघाटन गर्दै माननीय श्रेष्ठले पिङ पनि झुलेका थिए ।
प्रत्येक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा गढीमाई माताको दर्शन गर्ने दर्शनार्थीको घुइँचो दिनहुँ बढ्दो रहेको छ ।
महागढीमाई नगरपालिका अन्तरगत गढीमाई नगरपालिकाको वडा नम्बर १ बरियापुरमा मङ्सिर १ गते देखि ३० गते सम्म लाग्ने गढीमाई मेलामा अहिलेसम्म देश विदेशका लाखौं दर्शनार्थीहरूले गढीमाई माताको दर्शन गरेको मन्दिरका मुख्य पुजारी मंगल चौधरीले जानकारी दिनुभयो ।
मङ्सिर महिनाको २३ गते मन्दिरका मुख्य पुजारीका परिवारजनबाट हुने पूजामा धामी झाक्रीहरूले तान्त्रिक विधिद्वारा पन्च बली चढाई अन्य भक्तजनहरूले ल्याएको पशु बली चढाउने कामको शुरूवात हुन्छ,मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
मेलालाई व्यवस्थित बनाउन एवं सभ्य, भव्य रूपमा लगाउनका लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा मुल समिति र अन्य उपसमितिहरू बनाएर विभिन्न प्रकारका खेल तमासा, नौटकी, सरकस, मौतको कुवा लगायतका व्यवस्था लरिएको मेला समितिका महासचिव बबिता जयसवाले जानकारी दिनुभयो ।
मेलामा कुनै प्रकारको प्रतिकुल असर नपरोस् भन्ने उद्देश्यका साथ नेपाल प्रहरीले १४ सय ६६ जना प्रहरी परिचालन गरि खुल्ला रूपमा मदिरा बिक्री वितरण गर्न नपाउने, ध्वनि प्रदर्शन हुनेगरि ठुलो स्वरमा डिजे बाजा बजाउन नपाउने, जुवातास, कौडा, खेल्न नपाउने, महिला प्रयोग गरि कुनै खेल तमासा गर्न नपाउने जस्ता कुराहरूनिषेध गरिएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो । मेलामा आउने दर्शनार्थीहरूका लागि कृषि सम्बन्धी विभिन्न प्रकारका जानकारी गराउने अनि मङ्सिर १८ गते देखि २४ गते सम्म एक्सपो २०८१ के प्रदर्शनीको समेत गरिएको र १ सय ५० भन्दा बढी स्टल राख्ने भएको छ ।
Facebook Comments Box

ताजा खबर

सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छोड्न अखिल (क्रान्तिकारी) को माग

वीरगंज , मंसिर - ११ अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी विद्यार्थीमाथि...

सम्बन्धित खबर

- Advertisement -neelambads