search

spot_img
spot_img

नेपाल बंगलादेशसंग पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १६ मंसिर । नेपाल बंगलादेशसंग पराजित भएको छ।
आइतवार भएको यू–१९ एशिया कप क्रिकेट प्रतियोगिता समूह ‘बी’को खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको हो।
नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले मात्रै २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्रुयो।उसका लागि ओपनर जावद अब्ररले ६५ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए।अजिजुल हकिमले ७२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए। फरिद हसनले १३ रन जोडे।
बलिङतर्पm नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए।हेमन्त धामीले १ विकेट लिए।
यसअघि यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ७७ बलमा ५ चौकाको मद्दतमा ४३ रन बनाएका हुन। त्यस्तै, उत्तम थापा र अभिषेक तिवारीले समान २९र२९ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन।
बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २र२ विकेट लिए।
जारी प्रतियोगितामा नेपालको यो दोस्रो पराजय हो। नेपाल पहिलो खेलमा श्रीलंकासंग पराजित भएको थियो। दोस्रो पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै भएको छ। मंगलवार नेपालले अफगानिस्तानसंग खेल्ने छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads