search

गढीमाई मेलाको लागि बाराका विद्यालयमा सार्वजनिक बिदा

पढ्न छुटाउनुभयो ?

कलैया, १६ मंसिर । बाराको महागढीमाई नगरपालिकाले ५ दिनको स्थानीय सार्वजनिक विदा दिएको छ ।
महागढीमाई नगरपालिकाले आइतवार एक विज्ञप्ति जारी गर्दै पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा ५ दिनको लागि स्थानीय सार्वजनिक विदा दिएको जनाएको छ ।
नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृतले विज्ञप्ति जारी गर्दै गढीमाई पञ्चवर्षीय मेला २०८१ लाई सफल तथा व्यवस्थित रूपमा संचालन, व्यवस्थापन गर्नुका साथै गढीमाई क्षेत्रको पर्यटकीय, सास्कृतिक विकास प्रवद्र्धन गर्नको लागि मंसिर २१ गते देखि मंसिर २६ गते सम्म सार्वजनिक बिदा रहेको बताएका छन ।
उक्त विज्ञप्तिमा आवश्यक सेवा बाहेक नगरपालिका कार्यालय, कार्यालय मातहत रहेका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालय, वित्तिय संघ संस्था, शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक चार्डपर्व विदा दिइएको उल्लेख छ । यसैगरी बाराको कलैया उपमहानगरपालिकाले सम्पूर्ण विद्यालयमा चार दिन बिदा दिएको छ ।
पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा उपमहानगरले मंसिर २० गते र मंसिर २३, २४, २५ गते चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरका उप–सचिव प्रहलाद प्रसाद वर्णवालले एक सुचना जारी गर्दै चार दिनको लागि सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द रहने बताएका छन ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादमा आज सर्वोच्चको अन्तिम फैसला आउने

वीरगंंज , मंसिर - ११ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधानअनुरूप छ वा छैन भन्ने मुद्दामा सर्वोच्च अदालतले आज...

सम्बन्धित खबर

- Advertisement -neelambads