search

स्थायी अध्यापन अनुमतिपत्रको परीक्षामा मधेस प्रदेशमा बढी परीक्षार्थी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ मंसिर । शिक्षक सेवा आयोगले शनिवार लिएको निम्न माध्यमिक विद्यालय तह स्थायी अध्यापन अनुमतिपत्रको परीक्षामा मधेस प्रदेशबाट सबैभन्दा बढी सहभागिता देखिएको छ ।
आयोगले निमावि तह स्थायी अध्यापन अनुमतिपत्रको परीक्षाका लागि मधेस प्रदेशको राजधानी जनकपुर र वीरगंजमा तोकेको थियो । दुई स्थानमा भएको परीक्षामा करीब साढे २१ हजार जना परीक्षामा सहभागी भएका थिए । वीरगंजमा मात्रै १३ हजार ४३५ जना परीक्षार्थी सहभागी थिए ।
यहाँका ११ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयमा गरी ५४ वटा परीक्षा केन्द्र तोकिएको थियो । १०० पूर्णाङ्कको योे परीक्षामा ५० अङ्क ल्याउने उत्तीर्ण गर्ने र निजले स्थायी अध्यापन अनुमतिपत्र पाउनेछन् । यसको नतीजा हिजोको मितिले दुई महीनामा आउने बताइएको छ । मधेस प्रदेशमा निमावि तह स्थायी अध्यापन अनुमतिपत्र परीक्षामा देशभरका सात प्रदेश र ७६ जिल्लामा सबैभन्दा बढी सहभागिता रहेको आयोगले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads