वीरगंज, २४ मंसिर । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले ठोरी माडीदेखि सिम्रौनगढ सम्मका साँस्कृतिक ऐतिहासिक गन्तब्य लगायत पर्सा राष्ट्रिय निकुन्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रूपमा बैभव वीरगंजको धार्मिक पर्यटकीय सर्किट बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिवार पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्दै वीरगंजको धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नगर प्रमुखको कार्यकक्षमा आयोजीत कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहँुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित भएको बताउनुभयो । उहाँले सिम्रौनगढदेखि ठोरी माडी सम्मका गन्तब्यलगायत चुरियामाई सुरूङ्गदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषाङ्क प्रकासित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यवाद दिनुभयो । पर्यटकीय सम्भावनाका हिसाबले वीरगंजलाई केन्द्रमा राख्नुपर्ने उहाँको जोड थियो । उहाँले वैभव वीरगंज अन्तर्गत वीरगंजका धार्मिक स्थलहरूको सौन्दर्यकरण, नगरक्षेत्रको बृहत्तर सरसफाई, प्रवेशद्धारको सौन्दर्यकरण लगायतका कामहरू महानगरपालिकाले गरिरहेको बताउनुभयो । उहाँले अझै नगरबासीका चाहना अनुरूप गर्नुपर्ने काम धेरै भए पनि बजेटको अभावको कारण गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै वीरगंजलाई आर्थिक राजधानि मात्र होईन धार्मिक र पर्यटकिय हिसाबले पनि भिजिटिङ हब ‘केन्द्र’ बनाउने अभियानमा महानगर जुटेको बताउनुभयो । मुकाम मिडियाका प्रकाशक गिता भुषालले नगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई पर्यटनका माध्यमबाट बैभव र समृद्ध बनाउने उद्देश्यलाई विशेषाङ्क मार्पmत आफूहरूले उतार्ने प्रयास गरेको बताउनु भयो । विशेषाङ्क बिमोचन कार्यक्रममा नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, आमसञ्चार माध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारी लगायतको सहभागीता थियो । मुकाम मिडीया नेटवर्कका प्रकाशक गिता भुषाल, कार्यकारी निर्देशक जिके पोख्रेलले नगर प्रमुख सिंहलाई पुस्तक हस्तान्तरण गर्नुभएको थियो । नेपाली र अग्रेजी भाषामा प्रकाशित मुकाम विशेषाङ्कले यसक्षेत्रका गतिविधीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जोड्ने हुँदा पर्यटन प्रबद्र्धनमा महŒवपूर्ण योगदान पुग्ने विश्वास लिईएको छ ।
Facebook Comments Box