search

spot_img
spot_img

२० दिनदेखि ठाकुर राम बहुमुखी क्याम्पसमा तालाबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ पुस । ठाकुर राम बहुमुखी क्याम्पसमा २० दिनदेखि कर्मचारीहरूले तालाबन्दी गरेका छन् । पाँच सूत्रीय माग राख्दै ठाराब क्याम्पसको कर्मचारी सङ्घ एकाइ समितिले सो आन्दोलन गरेको हो । क्याम्पसमा कार्यरत स्थायी, करारलगायत सबै कर्मचारीले धर्नासमेत दिइरहेका छन् ।
एकाइ सभापति किशोरीप्रसाद चौधरीका अनुसार जबसम्म माग पूरा हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए । सहायक लेखापाल बुधन मुखियाको काजसरुवा फिर्ता गर्नुपर्ने, ४० प्रतिशत अतिरिक्त पारिश्रमिक कर्मचारीहरूलाई उपलब्ध गराउनुपर्ने, १० जना आन्तरिक करार कर्मचारीलाई स्केल अनुसार तलब व्यवस्था गर्नुपर्ने, क्वार्टरको मरम्मत नहुन्जेलसम्म भाडा लिन बन्द गर्नुपर्ने, ‘क’ श्रेणीको क्याम्पस भएकोले लेखा नियन्त्रकको व्यवस्था गर्नुपर्ने माग कर्मचारीहरूको रहेको छ ।
सो क्याम्पसमा पठनपाठन जारी रहे पनि विगत २० दिनदेखि टिसी, सिसी, भर्ना, सिफारिशलगायतका प्रशासनिक कार्य ठप्प छन् । पुस ७ गते सिनेटको बैठक भएकोले दबाब सिर्जना गर्नको लागि त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घले पुस २ देखि ५ गतेसम्म धर्ना कार्यक्रम जारी राखेको छ ।
ठाराब क्याम्पस वीरगंजमा २० दिनदेखि आन्दोलन हुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । विद्यार्थीहरूले विवाद चाँडै सुल्झाएर क्याम्पस नियमित सञ्चालन गर्न माग गरेका छन् ।
क्याम्पसका सहायक लेखापाल बुधनलाई पूर्वाग्रही हिसाबले सिराहामा सरुवा गरेको आरोप लगाइएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads