वीरगंज, ५ पुस । पठनपाठन नियमित हुनुपर्ने माग गर्दै आन्दोलित विद्यार्थीहरुले पर्साको बहुदरमाई नगरपालिका कार्यालयमा तोडफोड गर्नुको साथै आगजनी गरेको छ । बिहीवारदेखि पठनपाठन अवरूद्ध भएपछि विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तर पनि मागप्रति मेयर सिंगासन साह तेली गम्भीर नभएको भन्दै विद्यार्थीहरूले शुक्रवार विहानै कार्यालयको सामान तथा कागजात बाहिर निकालेर आगो लगाइदिएका हुन । वडाअध्यक्ष सुरेन्द्र यादवले हिजोदेखि शिक्षकहरूले विद्यालय बन्दको पठनपाठन ठप्प गरेपछि नगरपालिका वडा नम्बर– ४ स्थित नेपाल राष्ट्रिय उच्च माविका विद्यार्थीहरूले आन्दोलित भएको बताए । लामो समयदेखि तलब नपाएपछि शिक्षकहरू विद्यालय बन्द गरेका हुन ।
Facebook Comments Box