वीरगंज, ०५ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ६१ लाख ७२ हजारको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ । प्रहरी चौकी पथलैया बाराबाट प्रबनानि रोशन अधिकारीको कमाण्डमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुईवटा ट्रकबाट बिल भर्पाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको रू। ६१ लाख ७२ हजार १ सय १९ रुपियाँ बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षकले बलराम श्रेष्ठले जनाएका छन् । बिहीवार जीतपुर सिमरा उप–महानगरपालिका वडा नं।१ पथलैया चोकमा प्रहरीले चेकजांच गर्ने क्रममा वीरगंजबाट हेटौडा तर्पm जादै गरेको ना ७ ख १३१० नम्बरको ट्रकमा रू दश लाख बिस हजार चार सय बयासी रुपियाँ बराबरको धनिया, जीरा, खुर्सानी र बदामलगायत अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिएको थियो । यसैगरी सोही दिन बिराटनगरबाट रूपन्देही जाँदै गरेको प्र ०१–०२–००१ ख ८०७३ नम्बरको ट्रकमा लोड भएको एकाउन्न लाख एकाउन्न हजार छ सय सैतिस रुपियाँ बराबरको साइकलको पार्टपुर्जा, अबिर धनिया, मर्चा, जीराको पाउडर र बिस्कुटलगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएर अनुसन्धान कार्यालय पथलैया बुझाएको सूचना अधिकारी श्रेष्ठले जनाएका छन् ।
Facebook Comments Box