search

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ ।
शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको छतमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले जुवाखालबाट छजनालाई पक्राउ गरेको जिप्रका, पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।
पक्राउ पर्नेहरूमा वीरगंज–११ बस्ने बिमल बहादुर क्षेत्री, सोही वडाका धुरेन्द्र प्रसाद यादव, नरेश बहादुर सिंह पौडेल, जयराम प्रसाद, गणेश कुमार थापा र राम श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । जुवाको खालबाट एक लाख ४५ हजार ५४० रूपैयासहित ३ बुक तास नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads