search

spot_img
spot_img

विश्वकपमा नेपाललाई पु-याउन योगदान दिने कप्तान र टीम सदस्य सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, ०९ पुस । नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगंज महानगरपालिकाले मंगलवार सम्मान गरेको छ । नगरप्रमुख राजेशमान सिंहले महतोलाई खादा ओढाएर नगद २५ हजार सहित सम्मान गरेका हुन् । यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई पु¥याउन कप्तान महतोको योगदान प्रशंसनीय रहेको नगरप्रमुख सिंहले बताए । यसैगरी यू–१९ नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रविनलाई पनि मेयर सिंहले सम्मानित गरे । वीरगंज–१३ निवासी सानालाई यसअघि मंसिर ९ नगरप्रमुख सिंहले नगद ५१ हजार रुपियाँँ प्रदान गर्दै सम्मानित गरेका थिए । गत मंसिरमा सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरूद्धको खेलमा सानाले अर्धशतक प्रहार गर्दै कप्तान पूजा महतोसंग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् । कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्पmत मधेस र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै कप्तान महत्तो र सानाको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए । उनले मधेसका छोरीचेलीहरूले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रका रूपमा दुबै जना बनेको भन्दै उनले आउँदा दिनमा अझै मेहनत गरेर मधेस र नेपालको नाम विश्वमा अझ धेरै चिनाउन दुवैलाई आग्रहपनि गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, पर्साका प्रहरी उपरीक्षक कुमोध दुंगेल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,वीरगंज–४ का वडाध्यक्ष जगत साह कानु लगायतकोपनि सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन...

सम्बन्धित खबर

- Advertisement -neelambads