search

गहवामाईमा तुलसीपूजा एवं तुलसी रोपण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० पुस/ तुलसी पूजन दिवसको अवसरमा नेपाल जनता पार्टी, पर्साले गहवामाई मन्दिर प्राङ्गणमा तुलसी रोपण एवं पूजापाठ कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले प्राचीनकालदेखि नै तुलसी दिवस मनाउँदै आएकोमा हिन्दू धर्ममा तुलसीलाई लक्ष्मीको रूप मानिनने बताए । तुलसीको पूजा गर्दा घरमा सुख, समृद्धि र अखण्ड सौभाग्य प्राप्त हुने भएकोले तुलसी पूजाले धार्मिक मात्र नभई सामाजिक तथा पारिवारिक जीवनमा पनि गहिरो प्रभाव पार्ने बताए । नेपाल जनता पार्टी पर्साका अध्यक्ष अनिल पटेलको अध्यक्षता भएको सो कार्यक्रममा केन्द्रीय नेता सन्तोषानन्द महाराज, केन्द्रीय सदस्य विनोद पटेल, पारस द्विवेदी, जिल्ला उपाध्यक्ष धीरज शाह, महामन्त्री नवीन मिश्र, सदस्य प्रमोद शर्मा, सुमन्त कुमार, रोशना गुप्ता, दीपक, हिरामन, आशीष महतो, अंशु, प्रकाश झालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

नेपालीसहित ९ भाषामा भारतको संविधान अनुवाद

एजेन्सी , मंसिर - १० भारतले आज आफ्नो ७६औं संविधान दिवस मनाउँदै ९ भाषामा संविधानको अनुवाद सार्वजनिक गरेको छ। राष्ट्रपति...

सम्बन्धित खबर

- Advertisement -neelambads