search

साढे ३० लाखको सामानसहित ट्रक नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० पुस । जिल्ला प्रहरी कार्यालय, बाराद्वाराले ३० लाख ६७ हजार बराबरको सामान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । मंगलवार राति इलाका प्रहरी कार्यालय जीतपुरबाट प्र.ना.नि. मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा वीरगंजबाट काठमाडौ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसकेको रू. ३० लाख ६७ हजार ७९६ रुपियाँ बराबरको कपडा, चना, ब्याट्री र थर्माेकोल दानालगायत सामान बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले सामान लोड गरेको ट्रक आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

धनगढीमा एमाले नेता बस्नेतको विरोध प्रदर्शनमा झडप, जेनजी नेता घाइते

वीरगंज , मंसिर - १० धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads