search

spot_img
spot_img

जनकपुरधामको परिक्रमा सडकभित्र मासु मदिरा रोक्न मुख्यमन्त्री सिंहको आहवान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, १६ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री सिँहले जनकपुरधामको धार्मिक तथा साँस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फुर्त ढंगले मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आहवान गरे । ‘कुनै पनि पीठक्षेत्रका बासिन्दामा उच्च आध्यात्मिक मूल्य र चेतना रहन्छ । जसको अभिव्यक्ति नै तिनको शुद्धता तथा पवित्रतामा आधारित जीवनशैलीबाट हुन्छ । त्यसैले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार गर्न हुँदैन,’ मुख्यमन्त्री सिँहले मंगलवार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग भने । उनले जनकपुरधामको परिक्रमा सडकभित्रका ठाउँ धार्मिक तथा साँस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीत तथा वर्तमान उधिनेको बताउँदै त्यस क्षेत्रमा मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारी दिए । मुख्यमन्त्री सिँहले सनातन परम्परामा अन्तर्निहित आशय, सरकारको निर्णय, अदालतको आदेश र सरोकारवालाहरूको आग्रहका बाबजुद परिक्रमा सडकभित्र मांसमदिरा निषेध नहुँदा धार्मिक समुदायमा नकारात्मक धारणा बन्न लागेको जोखिम औंल्याउँदै जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटन जोगाउँन पनि मांसमदिरा निषेधको व्यवहार अपनाउन जनकपुरधामवासीले चासो लिनुपर्ने बताए । ‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले अझै इजाजत दिँदैनन् । तर, इजाजतबिना नै मांसमदिराको किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ,’ मुख्यमन्त्री सिँहले भने, ‘कुनै पनि समाजका परम्परा र कानुनको पालना गर्ने दायित्व अमुक समुदायको हुन्छ । त्यसैले परिक्रमा सडकभित्र मांसमदिरा निषेध कार्यान्वयनमा स्थानीयको अग्रसरता जरूरी छ ।’ जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सव, छठलगायत विभिन्न धार्मिक तथा साँस्कृतिक पर्व, मेला आदिका बेला स्थानीय प्रशासनले परिक्रमा सडकभित्र पशुपक्षीको काटमार, मासु तथा मासुजन्य पदार्थको बेचबिखन र उपभोग निषेध गरेको सूचना जारी गर्नेगर्छ । त्यस आधारमा केही दिनका लागि मांसमदिरा निषेधित भए पनि अन्य दिन परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन तथा उपभोग भइरहन्छ । परिक्रमा सडकभित्र सदैवका लागि मांसमदिरा निषेध गर्न साधुसन्त, धार्मिक तथा सामाजिक अभियन्ताहरूले समयसमयमा आन्दोलन गरिरहेका छन् । केही समयअघि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन नगर्न सूचना जारी गरे पनि स्थानीय व्यवसायीले पूर्ववत मांसमदिरा बिक्रीवितरण गरिरहेका छन् । उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको पहलमा भने परिक्रमा सडकभित्र कुखुरालगायत पशुपक्षीको काटमार अहिले रोकिएको छ भने अन्य पशुपक्षीको काटमार परिक्रमा सडक बाहिरै हुने गरेकाले मासुमाछाको बजार जनकपुरधाममा परिक्रमा सडक बाहिर नै छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads