search

spot_img
spot_img

अङ्ग्रेजी नयाँ वर्षमा भाटभटेनीमा अत्यधिक भीड, एक दिन लाखौंको कारोबार, साना पसलेहरू मारमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा वीरगंजको विभिन्न पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड बढेको छ ।
वीरगंजको गहवामाई मन्दिर, घडिअर्वा पोखरी, भिस्वा डाँडा, शङ्कराचार्यद्वारसँगै सपिङ र घुमफिरको लागि नयाँ गन्तव्य स्थलको रूपमा चिनिदै गएको वीरगंज–१४ गण्डकस्थित भाटभटेनी सुपरमार्केटमा समेत भीड बढेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूले धार्मिक स्थलमा पूजापाठ गर्ने, घडीअर्वा पोखरी, भिस्वा डाँडा र शङ्कराचार्यद्वारमा घूमफिर, तस्वीर, सेल्फी, छोटो भिडियो बनाउने गरेका छन् । त्यसैगरी सहज र आधुनिक किसिमको शपिङ गर्ने ट्रेन्ड बढ्दै गएपछि भाटभटेनी पनि आकर्षणको केन्द्र बन्दै गएको छ । नयाँ वर्षमा घुमफिरको साथै शपिङ गर्न पाइने, फोटो, भिडियो, सेल्फी खिच्न पाइने कारणले युवाहरूका जमात भाटभटेनीमा बढी आकर्षित भएको छ । नेपाली सँगसँगै भारतीय पर्यटकहरूसमेत भाटभटेनीमा जान रुचाउन थालेका छन् ।
नयाँ वर्ष शनिवार र सार्वजनिक बिदाको दिन भाटभटेनीमा कारोबार पनि अत्यधिक हुने गरेको व्यवस्थापन पक्षले जनाएको छ । यस्तो मौसममा दैनिक ५० लाखभन्दा बढी कारोबार हुने गरेको बताइन्छ । भाटभटेनी सञ्चालनमा आएपछि वीरगंजका साना तथा मझौला किराना स्टोर तथा मार्टहरूका सञ्चालकहरू मर्कामा परेको बताउँछन् ।
ग्राहकहरू धेरैजसो भाटभटेनी जान थालेकाले वीरगंजका साना तथा मझौला किराना स्टोर एवं मार्टहरूमा ग्राहकहरूको सङ्ख्या घटेको र कारोबारमा कमी आएको मार्टका सञ्चालकहरू बताउँछन् । तर ग्राहकहरूका अनुसार सहज र सुपथ मूल्यमा आधुनिक किसिमले किनमेल गर्न पाइने भएकोले भाटभटेनीतर्पm गएको तर्क राख्छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads