search

spot_img
spot_img

अब वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १८ पुस : खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुँने गरी काम भइरहेको बताउनु भएको छ । आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले प्रत्यक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै गरिदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भई रहेको बताउनुभयो । “बिगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गथ्र्यो, अब हामीले वर्षातको समय भरी नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “आउदो वर्षबाट बाह्रै महिना नै मेलाम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन् ।” सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नु पर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्त गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट बिकट गाउँ बस्तिमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँ सराइँ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।” काठमाडौँ उपत्यका सहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी बितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरु अघि सारेको बताउनु हुँदै मन्त्री यादवले भन्नुभयो, “नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरु अघि सारेको छ । मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अध्यन सुरु भएको छ । सबैको पहुँचमा शुद्ध पानी पुर्‍याउँछु ।” सोही क्रममा मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणबस बन्द भएमा अथावा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई बितरण गर्नका लागि पनि गृहकार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल सम्म मेलम्चीको बिल्क मेलम्ची नै हो तर केही कारण बस मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई बितरण गर्ने गरी काम गर्दै छौँ ।” देशका अधिकाङ्स ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिनुभयो । जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा हुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नु पर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दु:ख कुरो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जलस्रोतको क्षेत्रमा धनी देशमा पानी देउ सरकार भन्दै आन्दोलन गर्नु अनि पिठ्युँमा खानेपानी बोकेर जोहो गर्न लाजमर्दो कुरा हो ।” जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको र समस्या समाधन गर्न निकै चुनौती पूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गर्नु उहाँले बताउनुभयो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads