search

सिख धर्मावलम्बीहरूले मनाए गुरु गोविन्द जयन्ती

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ पुस । सिख समुदायले वीरगंजमा सिख पन्थका १०औं गुरुको अवतारको रूपमा चिनिने साहिब श्री गुरु गोविन्दको प्रकाश उत्सव अर्थात् गुरु गोविन्द जयन्ती मनाएको छ ।
पाँच दिन अघिदेखि बिहान भजनकीर्तनसहित प्रभातफेरी निकाली नगरपरिक्रमा गरी शुभारम्भ भएको प्रकाश उत्सव अन्तर्गत आज वीरगंजका सिख धर्मावलम्बीहरूले श्रीपुरस्थित गुरुद्वारामा विशेष समारोह आयोजन गरेका थिए । विभिन्न धर्म समुदायका अगुवाहरूलाई निमन्त्रण गरी गुरुद्वारा दर्शन गराइएको थियो ।
समारोहमा भजनकीर्तनपछि प्रसाद अर्थात् लङ्गर वितरण गरिएको गुरुद्वारा गुरुनानक सत्सङ्ग वीरगंजकी प्रधान रमिन्दर कौरले जानकारी गराइन् ।
यो दिवस हरेक वर्ष हर्षोल्लासका साथ मनाइँदै आएको वीरगंजका व्यवसायी एवं सामाजिक कार्यकर्ता सरदार जसपाल सिंहले बताए । वीरगंजमा करीब साढे चार सय र नेपालमा करीब नौ हजार सिख समुदाय जनसङ्ख्या रहेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads