search

spot_img
spot_img

‘मधेस सरकारका काम निराशाजनक छैन’

पढ्न छुटाउनुभयो ?

धनुषा, २३ पुस । रासस
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास निर्माणमा प्रदेश सरकारको गति कम भए पनि निराशाजनक नभएको बताउनुभएको छ ।
आजदेखि सुरू भएको मधेस प्रदेशको चौथो अधिवेशनमा शुभकामना व्यक्त गर्दै उहाँले प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि पाँच किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको बोलपत्र आह्वान भएपछि सरकारको खर्चले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारले विकास निर्माणमा गति दिन नसकेको गुनासो गरेपछि त्यसको जवाफमा मुख्यमन्त्री सिंहले विकासको काम खुला बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले गति कम देखिएको बताउनुभएको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको बताउनुभयो । कांग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्य शारदादेवी थापाले काममा ढिलाइ गर्दा पछि गएर पछुताउनुबाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिनुभयो ।
प्रदेशसभाको अर्को बैठक भोलि बुधबार बस्ने गरी स्थगित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads