search

spot_img
spot_img

कृषिमा पर्याप्त बजेट दिनुप-यो–पूर्वमन्त्री साह

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ पुस/ कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा शुक्रवार प्रदेशस्तरीय कृषि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । पूर्वकृषिमन्त्री एवं सांसद ज्वाला साहले गोष्ठी उद्घाटन गर्दै सरकारले पर्याप्त बजेट दिन नसक्दा कृषि क्षेत्रमा प्रगति हुन नसकेको अनुभव सुनाइन् ।
उनले बजेट अभाव रहेको कारण कृषिमा प्रगति नभएको भन्दै यसका लागि सर्वप्रथम भारत र चीन सरकारको सहयोगमा मल कारखाना स्थापना गरेर मलमा आत्मनिर्भर हुनुपर्ने बताइन् । उनले सङ्घ सरकारले कृषिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् ।
निर्देशनालय परवानीपुरका निर्देशक डा विपी यादवले किसान, अनुसन्धान, प्रसार, अध्ययन र उद्योग पाँच थरी मिलेर मुठी बनेको खण्डमा कृषि क्षेत्रमा आमूल परिवर्तन हुने बताए । उनले कृषि क्षेत्रको विकासमा विद्यमान तीनै तहका सरकारबीच तालमेल अभावले कृषि क्षेत्रमा प्रगति हुन नसकेको बताए । पालिका, प्रदेश र सङ्घ सरकारबीच तालमेल नमिल्दा कृषि क्ष्Fेत्रमा आशाप्रद सुधार हुन नसकेको उनले बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष्F हरि गौतमले उखुखेतीलाई प्रोत्साहन दिनुपर्ने बताए । उनले किसानहरूले लगाउने बालीहरूको संरक्षणलगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा निर्देशनालय नक्टाझिझका निर्देशक जीतेन्द्र यादव, पशु तथा मानव निर्देशनालय जनकपुरका जागेश्वर यादव, प्रदेशका आठै जिल्लामा रहेका कृषि ज्ञान केन्द्र, भेटेरिनरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खाद्य तथा पोषण सुरक्ष्Fा सुधार परियोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका प्रमुखहरूको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जगदम्बा स्टील्सको भट्टी पड्किदा एकजना घाइते, स्थानीयमा त्रास

वीरगंज, १९ असार । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधवार राति फलाम पगाल्ने भट्टी पड्किंदा एकजना घाइते भएका...

सम्बन्धित खबर

- Advertisement -neelambads