search

spot_img
spot_img

सैफ अली खान छुरा प्रहारबाट घाइते

पढ्न छुटाउनुभयो ?

मुम्बई, ३ माघ/रासस/एएएनआई/ बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ सख्त घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
अस्पतालले उहाँलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उहाँको मेरुदण्डनजिकै रहेको जनाएको छ ।
सैफ अली खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनमा रहेको निवासमा एक घुसपैठियाले घरमा काम गर्ने एक महिलासँग मुठभेड गरेपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ ।
बलिउड अभिनेता सैफ अली खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उहाँको अवस्था खतरामुक्त रहेको र अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”
उहाँको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

वासिङ्टन, २२ असार (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन...

सम्बन्धित खबर

- Advertisement -neelambads