search

अन्तरविद्यालय क्रिकेटः ग्लोबल र सेन्ट जेभियर्स विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ माघ/
नेशनल इन्फोटक कलेजको आयोजनामा शनिवारदेखि कलेजस्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ। नारायणी क्रिकेट मैदानमा आजदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले गरेका थिए।
उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटक कलेज ग्लोबल बिजनेश कलेजसँग २६ रन अन्तरले पराजित भएको थियो। टस हारेर ब्याटिड्ढो निम्तो पाएको ग्लोबल बिजनेश कलेजले निर्धारित १० ओभरको खेलमा नौ विकेट गुमाएर ८३ रन बनाएको थियो। प्रतिउत्तरमा नेशनल इन्फोटेक कलेज निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ५७ रनमा सीमित भएको थियो। यस खेलमा ग्लोबलका कर्ण विश्वकर्मा ‘म्यान अफ दी म्याच’ घोषित भए।
आजै भएको दोस्रो खेलमा सेन्ट जेभियर्सले बिसिपिएल कलेजलाई ३५ रन अन्तरले पराजित ग–यो। पहिला ब्याटिङ गर्दै सेन्ट जेभियर्सले १० ओभरमा आठ विकेट गुमाएर १२३ रन बनाएको थियो। बिसिपिएल कलेज भने आठ विकेट गुमाएर ८८ रनमा सीमित भयो। दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ सेन्ट जेभियर्सका इमरान अन्सारी घोषित भए।

अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्न
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकूदमा आफ्नो क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न सुझाव दिएका छन्। शनिवार वीरगंज महानगर–४ मा सम्पन्न दोस्रो मूनलाइट अन्तरविद्यालय युथ–१८ –यापिड चेस प्रतियोगिताका विजयीहरूलाई पुरस्कृत गर्दै उनले सो कुरा बताएका हुन्।
शुक्रवारदेखि शुरू प्रतियोगिता आज समापन भएको हो। प्रतियोगितामा महानगरका १८ वटा विद्यालयका जुनियर र सिनियर विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसिया, डा नीरज सिंह, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाललगायतको सहभागिता थियो।नीलो तथा सिम्रिक रङ समेटिएको छ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads