search

spot_img
spot_img

अन्तरविद्यालय बाल फूटबल प्रतियोगिता शुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० माघ । वीरगंजमा पहिलोपटक अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता शुरू भएको छ । गौतम स्कुलले ४८औं वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको खेल मैदानमा बिहीवारदेखि अन्तर विद्यालय बाल फुटबल प्रतियोगिता शुरू भएको हो । सह–प्रधानाध्यापक परीक्षा पिया लामाको अध्यक्षतामा भएको प्रतियोगिताको उदघाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक एसपी कुमोद ढुङ्गेलले गरेका थिए । उनले दीप प्रज्वलनका साथै पेनाल्टी सुटआउट गरेर प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा प्रबन्ध निर्देशक सोनाम लामा, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, युवा नेता सुधिर पटेल, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, अलाईड यूथ सोसाइटीका अध्यक्ष ओम झालगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा निजी स्कुलका १५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका छन् । आयोजक गौतम स्कुलसँगै मिनील्यान्ड सेकेन्डरी स्कुल, न्यु वेभ एकेडेमी, माउन्ट मकालु स्कुल, ओम नेशनल एकेडेमी, लिटिल फ्ल्वार स्कुल, ज्ञानदा एकेडेमी, मनोकामना सेकेन्डरी स्कुल, सन साइन सेकेन्डरी स्कुल, मालिनी सेकेन्डरी स्कुल, सन लाइट स्कुल, ज्ञान ज्योति स्कुल, जीवन ज्योति स्कुल, लिटिल एन्जल स्कुल र एसआर ग्यालेक्सी स्कुलले प्रतियोगितामा सहभागीता जनाएका छन् । गौतम स्कुलका व्यवस्थापक तथा कार्यक्रम संयोजक सौराज प्रधानका अनुसार पहिलो दिन मिनिल्यान्ड सेकेन्डरी स्कुल र न्यु वैभ एकेडेमीबिच उदघाटन खेल भएको छ । खेल अवधिभर उत्कृष्ट खेलाडी, बेस्ट फरवार्ड, बेस्ट डिफेन्डर, अनुशासन टोली, उत्कृष्ट फिल्ड तथा अन्य विधाहरूमा पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रधानले जानकारी दिए । उनकाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने रेफरी र कोचलाई पनि सम्मान गरिने छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads