search

जनताको हकहितको लागि जसपा जन्मिएको हो– मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ माघ । खानेपानीमन्त्री प्रदीप यादवले जनताको हक हितका लागि जसपा पार्टी जन्मिएको बताएका छन् । जसपाको केन्द्रीय कार्यसमितिको बैठकलाई आइतवार सम्बोधन गर्दै मन्त्री यादवले पिछडिएका जनताको पक्षमा वकालत गर्न राजनीतिमा होमिएको बताए । मन्त्री यादवले आम नागरिकलाई सर्वाेपरि ठानेर मधेसका मुद्दा र देशभरीका नागरिकका समस्या समाधानका लागि जसपाले उल्लेख्य भुमिका निर्वाह गरिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागी भएपछि लोकप्रिय, जनमुखी र परिणामदायी काम भइरहेको मन्त्री यादवले दाबी गरे । हामी सरकारमा सहभागी भएपछि नागरिकका खानेपानीका थुप्रै समस्या समाधान गरेका छौं, कतिपय काम अझै गर्न बाँकी छ । देशभरीका खानेपानीका समस्या समाधान गरेर छाड्ने छौं भने । उनले सुर्खेत, लुम्बीनी लगायतका क्षेत्रमा खानेपानीका ठूला आयोजनाहरू आफ्नै कार्यकालमा शुरू भएकाले धरानको खानेपानी समस्या समाधानका लागि पनि आफुले पहल गरिरहेको भन्दै उनले ६ अर्ब रकमको टेण्डर यो वर्ष भित्र आहवान गराउने बताए ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads