search

जीतपुरसिमरा नगर उवासंघले बाँसको हस्तकला बनाउने तालीम गर्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ माघ । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ बाराको समन्वय र सहकार्य एवम् घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराको सहयोगमा बाँसको हस्तकला बनाउने शुरु हुंदैछ । सो तालीममा सहभागी हुन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालय जीतपुरमा माघ १५ गतेसम्म दरखास्त दिन जीतपुरसिमरा नगर उवासंघले अनुरोध गर्दछौं । तालिममा सहभागी हुनको लागि नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी, १८ वर्ष पुरा भई सामान्यतया ४५ वर्ष ननाघेको, साधारण लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ । तालिममा सहभागी प्रशिक्षार्थीलाई नियमानुसार खाजाको व्यवस्था गरिने, छनौट सम्बन्धी सम्पूर्ण अधिकार घरेलु तथा साना उद्योग कार्यालयको रहने जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष्F मोहन शर्मा लामिछानेले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads