search

spot_img
spot_img

साउथजोन माविद्वारा खुल्ला रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ माघ । साउथजोन माविको १६औं वार्षिकोत्सवको अवसरमा मंगलवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका–१३ स्थित राधेमाई स्कुल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए । कार्यक्रममा निशा कुमारी साह, सन्जना देवी, समिता सिलवाल, सीता देवी, रोशनी श्रेष्ठ, पबित्रा अधिकारी, सरीता झा, रामचन्द्र चौधरी, सन्तोषकुमार यादव, निरजकुमार उपाध्याय, वकिलप्रसाद यादवलगायतले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति वीरेन्द्रराज कँडेलको आतिथ्यता र विद्यालयका सञ्चालक सरोजप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जूनियर सर्कलका विनोद गिरी, प्याब्सन प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी, प्याब्सन पर्साका जिल्ला कार्यसमितिका कोषाध्यक्ष प्रवीन चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन अशोक संग्रौलाले गरेका थिए । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग पु¥याएका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads