search

spot_img
spot_img

प्रेमिका भेट्न गएका प्रेमीको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ माघ । प्रेमिकालाई भेट्न गएका प्रेमीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा, छिपहरमाई गाउँपालिकाको मिर्जापुरका १८ वर्षीय अनिलकुमार यादव रहेका छन् ।
गम्भीर घाइते भएका यादवको उपचारको क्रममा एलएस न्युरो अस्पताल, बहुअरी, बारामा हिजो बिहान ६ः०४ बजे मृत्यु भएको हो । माघ १३ गते राति करीब ९ बजे वीरगंज–२४ रामगढवा बजरङ्ग हलनजीकै बस्ने प्रेमिकालाई उनको घरमा भेट्न जाँदा निजको घरपरिवारले देखेपछि यादवलाई लखेटेका थिए । घरको छतबाट अर्को छिमेकीको छतमा हाम फालेर भागेका यादव लडेर गम्भीर घाइते भएका थिए ।
सोभन्दा अगाडि उनलाई प्रेमिकाका आफन्तजनले नियन्त्रणमा लिएर सोधपूछ गर्दै कुटपिट गरेको मृतकका परिवारजनको आरोप छ । मृतक यादवकी प्रेमिका नाबालिक भएकीले उनको पहिचान गोप्य राखिएको छ । यस घटनामा प्रेमिकासहित यादवलाई कुटपिट गर्ने र लखेट्ने कुल पाँचजनालाई हिरासतमा लिएर ज्यान मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक किशोर लम्सालले बताए ।
यादवलाई लखेट्ने क्रममा लडेर केटीका आफन्तजन वीरगंज–२८ बस्ने राकेश महतो पनि सामान्य घाइते भएका छन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । केही महीनादेखि प्रेम सम्बन्धमा रहेका दुवैजनाको सम्बन्धबारे केटीको परिवारले थाहा पाएपछि केटालाई षड्यन्त्रपूर्वक केटीलाई नै फोन गर्न लगाएर बोलाएपछि सो घटना भएको हुन सक्ने प्रहरीको आशङ्का छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads