search

शहीद दिवसको अवसरमा नेकाद्वारा १० जना सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ माघ/ नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ ले शहीद दिवसको अवसरमा तीन महिलासहित १० जनालाई सम्मान गरेको छ । शहीद दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ ले लोकतन्त्र, मानव अधिकार र समाज सेवामा महŒवपूर्ण योगदान पु¥याएका नगेन्द्र पौडेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लालन महमद मियाँँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरीलाई सम्मान गरेको हो । नेका क्षेत्रीय सभापति महम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, नेका पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उपप्रमुख इमतियाज आलमलगायतको सहभागिता थियो । कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरे ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads