search

spot_img
spot_img

नेजपाद्वारा काशीनाथ तिवारीको सालिकमा माल्यार्पण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ माघ/ शहीद दिवसको अवसरमा नेपाल जनता पार्टी पर्साले हिन्दू योद्धा स्व काशीनाथ तिवारीको अशोकवाटिका स्थित श्मशानघाट चोकमा रहेको सालिकमा सरसफाई एवं माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ । सनातन धर्म रक्षा एवं हिन्दू राष्ट्र नेपाल स्थापना हेतु कार्य गर्ने हिन्दू युवा सङ्घका संस्थापक केन्द्रीय अध्यक्ष स्व. काशीनाथ तिवारीको माओवादीले २०६७ असार १३ गते वीरगंजमा हत्या गरेको थियो । स्व तिवारीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा तत्कालीन सम्पूर्ण राजनीतिक दल एवं जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थितिमा शहीद घोषणा गर्ने सहमति गरी गृह मन्त्रालयमा पठाएको थियो । तर राजनीतिक बेइमानीको कारण स्व. काशीनाथ तिवारीलाई हालसम्म शहीद घोषणा नगरिएको कार्यक्रममा जानकारी गराइएको थियो । हिन्दूवादी पार्टी, संघसंस्थाले स्व तिवारीलाई हिन्दू शहीदको रूपमा सम्मान गर्दै आएका छन् । स्व. तिवारीले सनातन धर्म रक्षाको लागि गर्नु भएको अमूल्य योगदानको कदर गर्दै बुधवार नेपाल जनता पार्टी पर्साले सालिकमा सरसफाई गर्दै माल्यार्पण गरेका थिए । कार्यक्रममा स्व तिवारी पत्नी बबिता तिवारीलगायतको सहभागिता थियो । नेपाल जनता पार्टी पर्साका अध्यक्ष अनिल कुर्मीको सभापतिŒवमा भएको कार्यक्रममा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरू बिनोद कुर्मी, पारस दुबेदी, शिक्षाप्रेमी राजेन्द्र सिंह, नेजपा पर्सा जिल्ला उपाध्यक्ष धीरज साह कानूलगायतको उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads