search

spot_img
spot_img

भेडाहा खोलामा आएको बाढीको पानी बस्तीमा पस्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज २३ साउन । वीरगंजमा भेडाहा खोलामा आएको बढीको पानीले बाध कटान गरी बस्तीमा पस्दा घरहरू डुबानमा परेका छन् । डुबान क्षेत्रको सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गरेका थिए ।
वीरगंज महानगरपालिका वडा नम्बर ३० र ३१ मा भेडाहा खोलामा आएको बाढीको पानीले बाँध भत्काएर लालपर्सा, जगरनाथपुरलगायतको बस्तिमा पसेपछि घरहरू डुबानमा परेका छन भने ग्रामीण भेगसँग जोडीने सडकहरू अवरूद्ध भएका छन् । बाढीको पानीले खेतहरू समेत डुबानमा परेको छ । भेडाहा खोलाको पानी बस्तिमा पसेको सूचना पाउनासाथ पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिंह प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । दुवै नेताले स्थानीयको समस्या बुझेर बाढी नियन्त्रण गर्ने बिषयमा सम्बन्धीत पक्षसँग छलफल गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर