search

spot_img
spot_img

पार्टीको बैठकमा उद्योगमन्त्रीको गुनासो- चामल निर्यातमा रोक हटाउन गरेको आग्रह भारतले सुनेन

पढ्न छुटाउनुभयो ?

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा चामलको निर्यातमा रोक नलगाउन आग्रह गरे पनि भारतले खासै चासो नदेखाएको गुनासो गरेका छन्।
मन्त्री रिजालले सोमबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्यातमा रोक लगाउँदा नेपालमा चामल महँगिएको जानकारी गराउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेपनि भारतले बेवास्ता गरेको गुनासो गरेका हुन्। भारतले साउन पहिलो साता बासमती बाहेकका चामलको निर्यातमा रोक लगाएको थियो। त्यसपछि नेपाली व्यापारीले भाउ बढाएका थिए। उपभोक्ताले अहिले २५ किलोको बोरामै ३ सय रुपैयाँ बढी मूल्य तिर्नुपरिरहेको छ।
‘महँगी बढेकाले मैले चामलको निर्यात रोकिएको विषयमा भारतको वाणिज्यमन्त्रीसँग कुरा गरें। भारतीय राजदूतसँग चार पाँचपटक कुरा गरिसकें। उनीहरु चिन्ता नगर्नुस् भन्छन्। तर निर्यातमा प्रतिबन्ध हटाउन चाहेको देखिएन’, मन्त्री रिजालले भने।
उनले महँगी नियन्त्रणका लागि आफूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। ५० प्रतिशत भन्सार छुटको चिनी आयात भएपछि महँगी नियन्त्रण हुने उनको दाबी छ। सरकारले भदौ २९ गते साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने निर्णय गरेको थियो। ‘त्यो निर्णयको चिनी दुवै कम्पनीले पाइसकेका छन्। उनीहरुले अब केही दिनमै आयात गर्छन्। त्यसपछि बजारमा चिनीको मूल्य घट्छ’, मन्त्री रिजालले भने, ‘बजार अनुगमन पनि बढाएका छौं। महँगी नियन्त्रण गर्छौं ढुक्क भएर बस्नुस्।’
बैठकमा बोलेका धेरैजसो सदस्यले महँगी थेग्नै नसक्ने गरी बढे पनि सरकारले नियन्त्रणका लागि कुनै पहल नगरेको बताएपछि रिजालले थप समय मागेर बोल्दै आश्‍वस्त तुल्याउने प्रयास गरेका हुन्।
उनले कांग्रेस र सरकारी संस्थान उस्तै भएको बताएका छन्। ‘सरकारी संस्थान र कांग्रेस उस्तै हुन् । जसलाई जे मन लाग्यो त्यही छ। कुनै अनुशासन छैन। अराजकता छ’, उनले भने, ‘सरकारी संस्थान ट्रेड युनियन र व्यवस्थापनको मिलेमतोमा ध्वस्त पारिएको छ। अहिलेकै अवस्थाबाट संस्थान चल्न सक्दैनन्। त्यसैले सार्वजनिक निजी साझेदारीमा चलाउनका लागि निजीकरण समितिमा छलफल गरिरहेका छौं।’
मन्त्री रिजालले निजी उद्योगलाई श्रमिक भर्नामा केही खुकुलो व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। कर्मचारी भर्नामा खुकुलो व्यवस्था नगरे उद्योगीहरु थप पलायन हुने उनको भनाइ छ। ‘उद्योगीहरु ट्रेड युनियनका कारण सकेसम्म नेपाली श्रमिक राख्‍नै चाहँदैनन्। त्यसैले उनीहरुका लागि केही लचिलो व्यवस्था आवश्यक छ’, उनले भने।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवनमा बस र भ्यान ठोक्किँदा ७ को मृत्यु, १८ घाइते

चितवन, ०७ असार — चितवनको राप्ती नगरपालिका–४ खहरेपुलमा शनिबार बिहान बस र विद्युतिय भ्यान आपसमा ठोक्किँदा एक गर्भवती महिला...
- Advertisement -spot_img

सम्बन्धित खबर