search

spot_img
spot_img

बारामा गोली प्रहार गरी एकजना भारतीयको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असोज । बारामा एकजना भारतीयको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
असोज ९ गते साँझ १८ः१० बजेको समयमा नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फ हत्या गरिएको अवस्थामा एकजना भारतीयको शव भेटिएको जिप्रका, बाराले जनाएको छ ।
पचरौता नगरपालिका–६ लक्ष्मिनियास्थित पोखरी भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा २२ वर्षीय छोरा अजित कुमार सिंहको गोली प्रहारबाट हत्या गरिएको अवस्थामा शव भेटिएको जिप्रका, बाराले जनाएको छ ।
मृतक अजित कुमार सिंहसँगै सोही ठाउँका वर्ष २५ को सुजित कुमार सिंह, वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुर्ईवटा अनटेस्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेको बारा प्रहरीले जनाएको छ ।
पचरौता न.पा. ६ लक्ष्मिनिया स्थित पोखरी नजिक पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर मोटरसाइकल लिए भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।
मृतकको शव नारायणी अस्पताल वीरगंज पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका बाराका प्रवक्ता प्र.ना.उ. दधिराम न्यौपानेले जनाएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा, ३० जेठः मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको...
- Advertisement -spot_img

सम्बन्धित खबर