search

spot_img
spot_img

यौन धन्धा चलाएको आरोपमा सङ्गम गेस्ट हाउसका सञ्चालकसहित २ भारतीय पुरूष र ३ महिला पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असोज । यौन गतिविधि चलाएको आरोपमा गेस्ट हाउसका सञ्चालकसहित ६ जना पक्राउ परेका छन् ।
मधेस प्रदेशको महोत्तरीस्थित सम्सी गाउँँपालिका – ६ सम्सी बजारमा रहेको सङ्गम होटेल एन्ड गेस्ट हाउसमा यौन गतिविधि चलाएको आरोपमा सञ्चालकसहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तिन जना महिला समेत रहेको प्रहरीले जनाएको छ ।
सञ्चालक सञ्जीव कुमार झाले गेस्ट हाउसमा महिलाहरूलाई बोलाएर यौन धन्धा चलाइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले त्यहाँबाट झासहित दुर्ई जना भारतीय पुरूष र तिन जना महिलालाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीले जानकारी दिए ।
डीएसपी गिरीका अनुसार सञ्चालक झासहित भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पञ्चायत मन्पौर – ६ का २२ वर्षीय हरिद्वार यादव र ग्राम पञ्चायत भेरहिया – ३ का २२ वर्षीय गुलाब धुनिया रहेका छन् ।
महिलाहरूलाई ल्याएर यौन धन्दामा संलग्न गराएको आरोपमा पक्राउ परेका तिनै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा चलाइएको गिरीले बताए । हाल जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोपनीयताका कारण प्रहरीले महिलाहरूको नाम लगायतका अन्य विवरण खुलाएको छैन । स्रोतका अनुसार महिलाहरू पनि भारतीय नै हुन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बहुदरमाईका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

वीरगंज, ६ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका  निमित प्रमुख प्रशासकीय अधिकृत...
- Advertisement -spot_img

सम्बन्धित खबर