search

मुख्यमन्त्रीलाई धम्की दिने चिकित्सक पक्राउ

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम,११ असाेज । जनकपुरधाममा सामाजिक सद्भाव भड्काउने खालको स्टाट्स लेख्ने चिकित्सलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक डाक्टर अरुण झालाई पक्राउ गरेको हो ।फेसबुकमा झाले मुख्यमन्त्रीलाई कालाेमाेसाे दल्ने चेतावनीसहितकाे स्टाटस लेखेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विगत केही दिनदेखि सर्लाहीकाे मलंगवामा दुई समुदायबीच चल्दै आएकाे तनावका विषयलाई लिएर मुख्यमन्त्रीले गरेको भाषणलाई झाले कोड गरी फेसबुकमा लेखेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झाले फेसबुकमा–मलंगवामा भएको घटनाका दोषीलाई कारवाही/गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।” लेखेपछि उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले झालाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।
Facebook Comments Box

ताजा खबर

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबर असत्य

भारत , कार्तिक - २५ बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ। बिहान उनका निधन भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads