search

भारतीय नम्बरको एम्बुलेन्समा गाँजा ओसार्ने भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एकजना चालकलाई पक्राउ गरेको छ ।
अढाइ किलो गाँजासहित भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवानलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्समा गाँजा ओसारेको आरोपमा पासवानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको थियो ।
महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाँजासहित पासवानलाई पक्राउ गरिएको प्रउ काफ्लेले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads