search

खेतमा बरामद शव रुपेश महराको भएको प्रहरी दावी

पढ्न छुटाउनुभयो ?

जनकपुर १० कात्तिक । जनकपुरधाममा बरामद युवकको शब पहिचान खुलेको छ ।
बिहिवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा धान खेतमा मृत अवस्थामा फेला शव बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृतकको पहिचान खुलेको हो ।
उनी जनकपुरधाम उपमहानगरपालिका २४ बसहीया बस्ने फुलगेन महराको अन्दाजी २५ वर्षीय छोरा रूपेश महरा रहेको जनाइएको छ ।
टाउको, मुख रत्ताम्य अवस्थामा उनी मृत अवस्थामा फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने धनुषा प्रहरीको अनुमान छ ।
शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यता यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबर असत्य

भारत , कार्तिक - २५ बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ। बिहान उनका निधन भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads