search

spot_img
spot_img

महानगरका वडा कार्यालयमै सेवाग्राहीलाई सास्ती, गुनासो बढेपछि अनुगमन शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ कात्तिक । वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नै वडा भित्रको कामकारबाईलाई चुस्त बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउन कडाइका साथ अनुगमन थालेको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व सङ्कलनमा समस्या देखिएको गुनासो आएपछि अनुगमनलाई कडाइ गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमन शुरू गरेको हो ।
महानगरद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले बुधवार महानगरको पाँच वटा वडाको सेवा प्रवाह वारे अनुगमन गरेको हो । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व सङ्कलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले बताए ।
कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व सङ्कलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले बताए । वडामा सङ्कलन हुने राजश्व साप्ताहिक रूपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाइ गर्न पनि समितिले अनुगमन थाल्नु परेको उनको भनाई छ ।
समितिले बुधवार वडा नम्बर ४ बाट अनुगमन शुरू गरेको थियो । पहिलो दिन वडा नम्बर ४ सहित ५, ६, ७ र १५ गरी पाँच वटा वडामा अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए । आगामी दिनमा ३२ वटै वडामा दैनिक रूपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाई पनि गरिने उनले बताए ।
वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुसाल लगायत रहेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर