वीरगंज, १८ साउन ।
जिल्ला प्रशासन कार्यालय, पर्सा अगाडि सञ्चालनमा रहेको पाँचवटा पसलको भाडा घटाउन अनावश्यक दबाब सिर्जना गरिएको पाइएको छ । सो पसलका सञ्चालकहरूले सामूहिक निवेदन दिंदै पसलको भाडा घटाउन दबाब दिएका हुन् ।
जिप्रका, पर्सा स्रोत अनुसार केही दिनअगाडि भाडा चर्को भयो, आर्थिक मन्दीले व्यापार चल्न सकेन, विभिन्न कारण देखाउँदै पसलेहरूले जिप्रका, पर्सामा निवेदन दर्ता गराएको बुझिएको छ । तर अधिकारीहरूले त्यसो गर्न नमिल्ने बताउँदै आएका छन् । जिप्रका, परिसरभित्रको पाँचवटा सटरमध्ये एउटामा युनिक साइबर, दुईवटा सटरमा एसजेड फोटोकपी लेमिनेशन, चौथोमा क्वालिटी प्रिन्ट नाइलन स्टाम्प र पाँचौंमा किराना, कोल्डड्रिङ्क, खाजा पसल रहेका छन् ।
१९ हजारदेखि ३५ हजार रुपैयाँसम्म मासिक भाडा रहेको सो पसलको भाडा घटाउन दबाब दिंदा जिल्ला प्रशासन कार्यालयका अधिकारीसमेत जिल्ल परेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबू अधिकारीले निवेदन आएको तर हामीहरूले त्यसमा कुनै सम्झौता नगर्ने जवाफ दिए । उनले सम्झौतामा हरेक वर्ष भाडा बढाउने नियम छ भने बढ्दै जाने बताए ।

Facebook Comments Box