search

परवानीपुर गोल्डकपको सेमिफाइनलमा पुगे यी टीम

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २९ माघ/

त्रिशक्ति चौथो परवानीपुर गोल्डकपको सेमिफाइनलमा चारवटा टीमले प्रवेश पाएका छन्। नकआउट चरणको मङ्गलवार सम्पन्न अन्तिम खेलमा बेंगखाडी युवा क्लब, महोत्तरीले बिएफसी चितवनलाई एक गोलले पराजित गर्दै सेमिफाइनलमा चौथो टीमको रूपमा स्थान बनाएको हो ।

आजको खेलको उत्कृष्ट खेलाडी बेंगखाडी युवा क्लबका भरतकुमार चौधरी घोषित भए। 

यस अघि उद्घाटन खेलमा शक्ति युवा क्लबलाई तीन गोलले पराजित गर्दै हरिवनको सर्लाही फूटबल क्लब, वीरगंज युनाइटेड र नवजनजागृति सिमरा सेमिफाइनलमा पुगिसकेका छन्। 

प्रतियोगिताको सेमिफाइनल खेल बुधवार र बिहीवार हुँदैछ। प्रतियोगिताको फाइनल खेल सेमिफाइनलमा विजयी दुई टीमबीच हुने गोल्डकप आयोजक परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तरले जानकारी दिए। प्रतियोगिताको विजेताले तीन लाख एक हजार र उपविजेताले एक लाख ५१ हजार नगद प्राप्त गर्ने परवानीपुर गोल्डकपका प्रेस संयोजक सब्दर हुसेनले जानकारी दिए।  

अहिले परवानीपुर गोल्डकपमा दिनहुँ तीन बजेदेखि खेल भइरहेको छ, जसमा बारा, पर्साका हजारौं दर्शक प्रत्यक्षरूपमा खेलको आनन्द लिइरहेका छन्।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads