search

अन्तरविद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरू

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ फागुन । निजी तथा आवासीय विद्यालय संघ प्याब्सन महानगरको आयोजनामा शनिवारदेखि अन्तरविद्यालय प्रथम महिला क्रिकेट तथा १२ वर्षमुनीको पुरूष क्रिकेट प्रतियोगिता शुरू भएको छ । ज्ञानदा एकेडेमीमा शुरू भएको प्रतियोगिताको वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उदघाटन गरेका थिए । प्याब्सन महानगर कमिटी अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको समारोहमा क्रिकेट संघ नेपाल क्यान पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंलगायतको उपस्थिति रहेको थियो । उपमेयर आलमले प्रतियोगिताले बालबालिकाहरूमा खेलकुदप्रतिको रूचि बढाउन योगदान पु-याएको बताए । उनले हरेक विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापहरू गर्न सुझाव दिए । उदघाटन खेलमा छात्रातर्पm ओम नेशनल एकेडेमी र जीवनज्योति मावि र छात्रतर्पm कालिकामाई एकेडेमी र लिटल एञ्जल्सबीच भएको प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्पm २१ वटा र छात्रतर्पm २० वटा विद्यालयले सहभागीता जनाएका छन् । कार्यक्रमको सञ्चालन उज्जवल घिमिरे र स्वागत मनिषा सिस्काले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads